Skip to main content

Posts

Showing posts with the label Chhyangdi Hydropower IPO Result

छ्याङ्दीको आइपीओमा ६ गुणा बढि आवेदन, तपाईलाई कति पर्ला ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको साधारण सेयर (आइपीओमा) ६ गुणा बढि आवेदन परेको छ । छ्याङ्दीले जेष्ठ १४ देखि १८ गतेसम्मका लागि एक सय रुपैयाँका दरल ५ लाख २ हजार २ सय कित्ता साधारण सेयरका निष्कासन गरेको थियो । छ्याङ्दीले माग गरेको भन्दा ६ गुण बढि अर्थात ३ अर्ब ७८ करोड २८ लाख ३ सय रुपैयाँको आवेदन परेको छ । छ्याङ्दीले जेष्ठ १४ देखि १८ गतेसम्मका लागि सेयर आवेदन खुलाएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले शुक्रबार नेपाल धितोपत्र बोर्डलाई सो रकमको बारेमा जानकारी गराएको छ । छ्याङ्दीको आइपीओमा ५९ हजार ८ सय १९ जनाका आवेदनबाट ३ अर्ब ७८ करोड २८ लाख ३ सय रुपैयाँको सेयर माग भएको छ ।