Skip to main content

Posts

Showing posts with the label KP Sharma Oli

ओलीलाई मनाउन बालकोट पुगेका देउवा निराश भएर फर्किए

देउवाको प्रस्ताव ओलीले गरे ठाडै अस्वीकार काठमाडौं, जेठ २०– प्रधानमन्त्री निर्वाचनका लागि ब्यवस्थापिका संसदको अवरोध हटाउनेबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शनिवार बेलुका ओलीलाई भेट गरी देउवाले अवरोध हटाउन आग्रह गरेका थिए । प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका संसद संचालन गर्न देउवाले गरेको आग्रहलाई नेकपा एमाले अध्यक्ष ओलीले ठाडै अस्वीकार गरे । चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्नुपर्ने माग गर्दैै निरन्तर व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्दै आएको एमाले निर्वाचन आयोगको पछिल्लो निर्णयबाट रुष्ट बनेको थियो । भावी प्रधानमन्त्रीका लागि शनिबार बिहान संसद भवन नया वानेश्वर पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका कांग्रेस सभापति देउवा साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । ओली बनाउन देउवा बालकोट नै पुगे पनि उनको प्रयत्न सफल हुन सकेन । पार्टीका विश्वास पात्र विमलेन्द्र निधिको साथमा बालकोट पुगेका सभापति देउवाले भरतपुर महानगरपालिकाको निर्वाचन र प्रधानमन्त्रीको निर्वाचन भिन्न विषय भएको भन्दै ...

देउवालाई टक्कर दिन तम्सियो एमाले, अरू पनि निस्के विपक्षी मोर्चामा ?

काठमाडौँ । काँग्रेसले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको नेकपा एमालेले विपक्षी गठबन्धनको बैठक बोलाएको छ ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा जारी बैठकमा राप्रपाका अध्यक्ष कमल थापासहित विपक्षी दलका नेताहरु सहभागी रहेको दैनिक नेपाल सहकर्मी विमल योगीले जनाएका छन् । बैठकमा विपक्षी मोर्चाबाट प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने / नगर्ने लगायतका विषयमा छलफल भइरहेको छ । विपक्षी गठबन्धनमा नेकपा एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, दलित जनजाति पार्टीसहित ९ दल छन् । कमल थापा नेतृत्वको राप्रपा पनि मिसिएपछि १० दल बनेको छ । दैनिकनेपाल

भरतपुर मतकाण्डः अन्तत अाेलीकै जीत भयो

काठमाडौंः निर्वाचन आयोगले भरतुर महानगरपालिकामा पुनः मतगणनना गराउने तयारी गरेको छ। आयोगको दुई दिनसम्म बसेको बैठकबाट भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको च्यातिएको ९० मत खारेज गरेर पुनः मतगणनाको तयारी गरेको हो। निर्वाचन आयोगको बैठकमा आयुक्त इला शर्मा भने सहभागी छैनन्। निर्वाचन शिक्षाको कार्यक्रम लिएर बारा पर्साको भ्रमणमा रहेकी शर्मा भने निर्णय प्रक्रियामा सहभागी भएकी छैनन्। गत १४ गते राति मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मत गणना स्थगित भएको थियो। मतगणनापछि आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजक्तवमा तीन सदस्यीय समिति गठन गरी छानविनका लागि पठाएको थियो। छानविन समितिको प्रतिवेदनले मतपत्र च्यातिएपछि पोको पारेर सिलबन्दी गरेर राखिएको प्रतिवेदन बुझाएपछि आयोगले सबै पक्षलाई राखेर खोल्न र च्यातिएर नोक्सान भएको मतपत्र एकीन गर्न निर्देशन दिएको थियो। आयोगको निर्देशन अनुसार बिहीबार सिल खोलेर भरतपुरका प्रमुख निर्वाचन अधिकृतको नेतृत्वमा नोक्सान भएका मतपत्र गणना गरिएको थियो। गणना गर्ना ९० मत नोक्सन भएको थियो। नोक्सान भएको संख्या एकीन गरेर आयोगले रिपोर...