काठमाडौँ । काँग्रेसले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको नेकपा एमालेले विपक्षी गठबन्धनको बैठक बोलाएको छ ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा जारी बैठकमा राप्रपाका अध्यक्ष कमल थापासहित विपक्षी दलका नेताहरु सहभागी रहेको दैनिक नेपाल सहकर्मी विमल योगीले जनाएका छन् । बैठकमा विपक्षी मोर्चाबाट प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने / नगर्ने लगायतका विषयमा छलफल भइरहेको छ । विपक्षी गठबन्धनमा नेकपा एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, दलित जनजाति पार्टीसहित ९ दल छन् । कमल थापा नेतृत्वको राप्रपा पनि मिसिएपछि १० दल बनेको छ । दैनिकनेपाल